काठमाडौं – मौसम परिवर्तन भएपछि मानिसहरुमा कफ, चिसो, संक्रमण र साइनसको समस्या बढ्न थाल्छ। टाउको दुख्ने, नाक र अनुहारमा सुन्निने साइनसाइटिसको सामान्य लक्षण हो।
यस समस्यामा मानिसहरुमा एन्टिबायोटिक लिन्छन्। तर औषधीकाे प्रयाेग गर्नुभन्दा घरेलु उपचार गर्नु स्वास्थ्यकाे लागि धेरै राम्रो हुन्छ। त्यसकारण साइनसाइटिसबाट बच्न यी घरेलु उपचार विधि थाहा पाउनुहोस्।
१.स्टीम
साइनसाइटिसको कारणले नाक बग्दै छ भने स्टीम लिनु लाभदायक हुन्छ। तातो पानीले बाफ लिनुहोस् यसको कारणले आराम प्रदान गर्छ।
२.अनुहारमा तातो तौलिया राख्नुहोस्
साइनसाइटिसमा नाक बन्द हुन्छ जसको कारण टाउको भारी हुन्छ। तौलियालाई तातो पानीमा भिजाउनुहोस् र अनुहारमा छाेपी आराम पाउनुहोस्।
३.तातो तरल पदार्थ
साइनसाइटिसको समस्या छ भने, तातो तरल पदार्थ पिउनुहोस्। यसले नाकबाट सिँगान बग्न नियन्त्रण गर्न मद्दत गर्दछ। यो समस्या हुँदा रक्सि नखानुहोस्।
४.आराम गर्नुहोस्
साइनसाइटिस भएमा प्रशस्त मात्रामा आराम गर्नुहाेस्।