काठमाडौं– मानिसले आफ्नो स्वास्थ्य समस्यालाई विचार गरेर जुस पिउनु उपयुक्त हुन्छ। रोग अनुसारको ओखती र खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। त्यसैले आज हामी कस्ताे समस्याका लागि के–काे जुस पिउने भन्ने बारे तपाईंलाई बताउँछौं।
अनुहारको दाग– अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस लाभदायी हुन्छ।
क्यान्सर– क्यान्सरबाट मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ।
रगत सफा गर्न– शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस लाभदायक हुन्छ।
भोक नलागेमा– भोक नलाग्ने मान्छेले बिहान खाली पेटमा अदुवाको पेस्टमा बीरेनुन हालेर खानुपर्छ। त्यसपछि कागतीपानी खाएमा भोक लगाउने काम गर्दछ।
दमको समस्या– दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
उच्च रक्तचाप– उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ। अनि शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ।
निम्न रक्तचाप– लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन। अंगुर र मौसमको रस लाभदायक हुन्छ।
जन्डिस– जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ। किसमिस डुबाएको पानीले पनि राम्रो गर्छ।