काठमाडौं– प्रायः मानिसहरु धेरै नै रोगी भएका छन्। खान नपाएर भन्दा पनि खान नजानेर रोगी भएका छन्। खानपान जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छन्।
मसालेदार खाना, चप्प, तारेभुटेको खानेकुराहरु खोज्ने हाम्रो जिब्रोनै परम शत्रु बन्न पुगेको छ। नआतिनुहोस् हामी यहाँ केही स्वास्थबर्दक टिप्स् प्रस्तुत गर्नेछौं। हामी सबैको भान्छामा प्रायः जुवानो र बिरे नुन हुने गर्दछ। यसलाई औषधीको रुपमा प्रयोग गर्नाले राम्रो हुन्छ। जुवानो सुत्केरीलाई मात्र खुवाउने चिज होइन। यसलाइ बनाएर सबैले प्रयोग गर्न सकिन्छ।
औषधी बनाउने तरिकाः
एक चम्चा बिरे नुनको धुलोमा पाँच चम्चा भुटेको ज्वानोको धुलो मिक्स् गरी यही अनुपातमा आफुँलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा स्टोर गर्न सक्नुहुनेछ। जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। रोग नियन्त्रणमै छ भने पनि राती सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ।