काठमाडौं– प्रायः महिलाहरु लाई कपाल लामो र चम्कीलो बनाउन मन पर्छ। हरेक युवतीहरु कपाल लामो बनाउन सौन्दर्य प्रशोधनको खोजीमा भौतारिइरहेका हुन्छन्। तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला।
कपाल झर्ने र हाँगा फाटेको कपालका लागि प्याज निकै उपयोगी हुन्छ। यसमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, भने कपालको विकासका लागि मद्दत पुया्उछ। प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ। यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सक्नुहुन्छ।
सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका केही जानकारीः
प्याजको रस– प्याजको रस निकालेर कपालमा लगाई २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् र कपालले राम्ररी सोच्नका लागि टाउकोलाई तौलियाले ढाक्नुहोस्। त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस्।
प्याज र नरिवलको तेल– नरिवलको तेलमा प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्दछ र कपाललाई पोषण पनि दिन्छ। त्यसैले प्याजको रसलाई तेलमा मिसाएर राम्ररी कपाल मसाज गर्नुहोस्। फेरि त्सैगरी तौलियाले ढाक्नुहोस्। यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्दछ। जसले गर्दा कपाल बढ्दछ।
प्याज र मह– कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो। यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस्। यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस्।
कागती र प्याज– कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ। कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।
प्याज र अण्डाको सेतो भाग– अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ। लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ। यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस्।
यसलाई आधा घण्टासम्म कपालमा राखेर शेम्पु लगाएर नुहानुहोस्। प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ। साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ। तर, एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस्।