काठमाडौं– आमाको दुध बच्चाको लागि सबैभन्दा पोषिलो मानिन्छ। आमाको दुध पिएका बच्चाहरु स्वस्थ हुन्छन् र भविष्यमा समेत उनीहरुको रोग सँग लड्ने क्षमता बढी हुन्छ। त्यसैले बच्चालाई कम्तीमा दुई वर्षसम्म आमाको दुध पिलाउने गरिन्छ। नेपाली समाजमा सामान्यतया बच्चा छ महिनाको हुँदासम्म आमाको दुध मात्र पिलाउने गरिन्छ।
आमाको स्वास्थ्य राम्रो रहोस, दुध आओस् र बच्चा स्वस्थ होस् भन्ने चाहनाले आमालाई विभिन्न परिकारहरु खुवाउने गरिन्छ। नेपाली समाजमा बच्चालाई दुध प्रशस्त आओस् भन्ने उद्देश्यले सुत्केरी आमालाई ज्वानोको झोल, मासुको झोल, गुतपाक, सख्खर आदि खुवाउने गरिन्छ।
पछिल्लो समय, बजारमा घरेलु पौष्टिक खानेकुराहरु एकै ठाउँमा राखेर तयार गरिएको सुत्केरी मसला समेत खुवाउने चलन पनि छ। कहिलेकाही यी सबै तरिका अपनाउँदा अपनाउंदै पनि बच्चालाई दुध पुगिरहेको हुदैन। त्यसैले खानपिनमा ध्यान पुर्याउनु आश्यक हुन्छ।
पौष्टिक तत्व र फाइबरले भरिपूर्ण भएको गाजर सुत्केरी महिलालाई खुवाउनाले बच्चाको लागि प्रशस्त मात्रामा दुध आउने गर्दछ। मिक्सरमा राखेर गाँजरलाई जुसको रुपमा तयार गरी उक्त जुस बिहान र बेलुका दुई गिलास सुत्केरी आमाले पीइन् भने स्तन दुधले भरिन्छन्।
आमाको दुधको मात्रा बढाउनको लागि अर्को खाना प्याज पनि हो। प्याजले सुत्केरी आमाको स्तन बाट दुध आउने क्षमता लाई वृद्धी गर्दछ। त्यसैले सुकेरी लाई खाना संगै काँचो प्याज चपाउनु राम्रो हुन्छ।