काठमाडौं– प्रायः महिलाहरु अनुहार चम्काउनका लागि धेरै पैसा खर्च गर्छन्। व्युटी पार्लर र चिकित्सककोमा धाउँदा पनि अनुहारमा चमक आउँदैन। कतिपय यस्ता सामाग्री र प्रयोगहरुले पनि छालामा प्रतिकुल असर पार्ने गर्दछ। तर साइड इफेक्ट नहुने घरायसी सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ। जसले गर्दा अनुहार चमकाउन मद्दत गर्छ।
– एक चम्चा महमा ४–५ थोपा कागतीको रस मिसाएर अनुहारमा लगाई १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ, दुई चम्चा बेसनमा १० थोपा गुलाबजल, कागतीको रस र काचो दुध मिक्स् गरी पातलो लेयरमा अनुहारमा लगाई करीब २० मिनेटपछि अनुहार पखाल्ने। यो तरिका हप्तामा एकपटक अपनाउँदा अनुहारमा चमक आउँछ।
– पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ, डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने र काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।
– अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ, निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ, काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।
– एभोकाडोको लेप बनाई १५ मिनेट लगाउँदा अनुहार सफा र चम्किलो बनाउँछ, अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ। सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।