काठमाडौं– चिसो मौसममा मानिसको स्वास्थलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ। चिसो मौसममा प्रायः मानिसहरुकोे बानी के हुन्छ भने, ढिला समय सम्म सुत्ने र उठ्ने बित्तिकै खाना खाने बानी हुन्छ। त्यस्तो बानीले स्वास्थ्यका लागि कदापी ठिक हुदैन। बिहान खाना खानुभन्दा अगाडी नै फलफूल, अण्डा सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थका लागि फाइदा पुया्उछ।
सागपातको प्रयोगः
चिसो मौसममा तातो दाल, सुप सँगै हरियो सागपात र अचारहरु खानुपर्छ।
बेलुकाको चाँडै खाना खानेः
बेलुकाको खाना जाडो मौसममा छिटो खानु शरीरलाई त्यति नै फाइदा पु¥याउछ। तर दिउँसो खाइने खाजा भन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ। राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ। जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ।
बेलुका तातो दुधः
सुन्नुभन्दा अघि चिसो मौसममा तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ।
व्यायामः
जाडो मौषममा बिहानको समयमा दिँनहु व्यायाम गर्न सकिँदैन्। हप्तामा एकदिन व्यायाम गर्नुपर्छ। व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ।
भिटामिनको भरपुर प्रयोगः
खानामा भिटामिन सिको मात्रा धेरै प्रयोग गरेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।