एजेन्सी – धुम्रपान एक अभ्यास हो जसमा पदार्थलाई जलाइन्छ र यसको परिणामस्वरुप धुवाँ सास फेर्छ र स्वाद लिन रगत प्रवाहमा सोस्न सकिन्छ। यो मानिसको स्वास्थ्यको लागि खतरा हुन्छ। महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ।
चुरोट पिउने महिलाको संख्या पनि बढ्दो छ। धुम्रपानले महिलाहरूमा गर्भपतन मात्र होइन विभिन्न समस्या पैदा हन्छ। धुम्रपानले महिलामा पार्ने असरहरू निम्नानुसार छन्ः
गर्भपतनको खतरा
गर्भावस्थामा चुरोट सेवन गर्ने महिलालाई विभिन्न समस्याहरु देखापर्दछन्। यसले महिलाहरुमा बाझोपन तथा गर्भपतनको समस्या हुन्छ। धुम्रपानले आमा र बच्चा दुवैलाई असर गर्छ।
भ्रुण विकासको रोकथाम
गर्भावस्थामा धुम्रपान गर्दा भ्रुणको विकासमा रोकावट आउने डाक्टरहरु बताएका छन्। बच्चाको प्रजनन् क्षमतामा समेत नराम्रो असर देखापर्दछ।
स्तनपान
बच्चा जन्मेपछि स्तानमा राख्नु धेरै समस्याहरुबाट बच्न मद्दत गर्दछ। म्हिलाहरुले धुम्रपान गर्दा स्तनमा दुधको मात्रा कम हुन्छ र जसले बच्चामा नकारात्मक असर पर्दछ।
बच्चामा कुपोषणको सिकार
गर्भवस्थामा आमाले चुरोट पिउने गरेकी छिन् भने उनको सन्तान कुपोषणको सिकार हुन्छन्। यरुतोबेलामा बच्चाहरुलाई पोषण तत्वको कमि हुन्छ।
हड्डी कमजोर
चुरोट पिउने महिलामा दुई प्रकारका प्रोटिनको निर्माण हुन्छ। ‘ओस्टेओक्लास्टस’ को निर्माणमा वृद्धि हुन्छ,जसले हड्डीमा मासीहरुको मात्रामा कम गर्दै लैजान्छ , हड्डी कमजोर हुन सुरु हुन्छ।
मुटु, फोक्सो र मृगौलामा असरहरु
महिलाहरुमा ‘कोरोनरी हर्ट डिजिज’ जस्तो मुटुको रोग लाग्छ। त्यसैगरी फोक्सोमा चुरोटको धुँवाले असर गर्दछ। धुम्रपान गर्ने महिलालाई फोक्सोको क्यान्सर हुने सम्भावना बढी नै हुन्छ। दैनिक एक प्याकेट चुरोट पिउने महिलाको मृगौला बिग्रिने सम्भावना ५१ प्रतिशतले बढी हुन्छ।
दम
धुम्रपान र गर्भवस्थामा गम्भीर दमको समस्या कम जन्म वजन बच्चाहरुको लागि जोखिम कारक हुन्। धुम्रपान गर्दा महिलाको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढ्दछ र अक्सिजनको मात्रा कम हुँदै जाँदा स्वासप्रस्वासमा समस्या आउछ् र दम रोग लाग्दछ।
चाउरीपना
महिलाको छाला धेरै मुलायम र कमजोर हुन्छ। महिलामा चुरोटको असर बढि हुन्छ र धुम्रपानको कारणले महिलामा चाउरीपन, डार्क सर्कल र ओठमा कालोपनको समस्या बढी हुन्छ।