काठमाडौं– प्रायः जसो मानिसहरुमा दाँत दुखाईको समस्या हुने गर्दछ। दाँतमा समस्या आएको बेला गुिलयो, चिसो, धेरै तातो चिजहरु खाएमा झनै बढी समस्या हुने गर्दछ। दाँत दुख्ने बितिकै हामी महङ्गा र कडा औषधी खानेगर्दछौं। जसले गर्दा हाम्रो स्वास्थ्य झन कमजोर बनाउँछ।
दाँत दुखाइमा अपनाउन सकिने केही घरेलु उपाय, जसले गर्दा आराम दिन्छः
लसुनः लसुनको एक पोटीलाई नुनसँग खानुहोस्, यसले दाँतको दुखाईबाट राहत दिन्छ।
प्याजः हरेक तीन मिनेटमा प्याँजको एक टुक्रा खाने गरेमा मुखका किटाणु मर्छन् र यसले दाँत दुखाईलाई कम गर्दछ।
ल्वांगः दाँत दुखेमा ल्वाङले तुरुन्तै आराम दिन्छ। दुखेको भागमा ल्वाङ वा ल्वाङको तेल लगाउन सकिन्छ।
कागतीः कागतीमा भिटामिन सी हुन्छ, जसले गर्दा दाँत दुखाईबाट छुट्कारा दिलाउँन सक्छ। दुखेको भागमा कागती लगाउदा तुरुन्तै राहत मिल्छ।
आलुः यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि गर्छ भने आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस हुन्छ।