काठमाडौँ– तपाइ या तपाईको बच्चालाई कानको दुखाईले सताइरहेको छ र अस्पताल जाँदा र आधुनिक औषधी खाँदा खाँदै पनि सञ्चो नभएर पिडित बनाएको छ भने यो जानकारी तपाइको लागि फाईदाजनक हुनेछ।
तपाईलाई थाहा नहुन सक्छ, हाम्रो भान्सामा सधै तरकारीमा खाइने प्याँज, कान दुखाइको अचुक औषधी हो। कान सुन्निने, चिलाउने र संक्रमण भएको अवस्थमा आराम पाउनको लागी प्याज प्रयोग गरेर उपचार गर्न सक्नुहुनेछ। यसले कुनै साइड ईफेक्ट गर्दैन।
यसका लागी सवै भन्दा पहिले प्याँजको रस निकाल्ने, रसलाई रुईमा चोपेर कानमा थोपा थोपा गरी लगाउनु होस्। तर प्याजको रस कान भित्र छिरे नछिरेको भने विचार पुर्याउनु पर्छ।
प्याजको रसले कान भित्र छिरेर विभिन्न किसिमका संक्रमण पनि ठिक पार्छ। यस बाहेका पनि प्याज ब्लड सुगर, इंफेक्सन, मुटुका लागि उपयोगि मानिन्छ भने शरिरको रोग प्रतिरोध क्षमता बढाउँछ।