काठमाडौं– पिरियडको समयमा बाहिर हिँडडुल गर्न निकै गाह्रै हुन्छ। किनभने, लामो समय घरबहिर बस्दा वा हिँडडुल गर्दा प्याड परिवर्तन गर्न संभव हुँदैन। त्यसैले दिनचर्या असजिलो बनाइदिन्छ। काममा ध्यान केन्द्रित गर्न पनि सकिदैन।
लामो समयसम्म प्याड प्रयोग गर्नु असजिलो मात्र होइन, अस्वस्थ्यकर पनि मानिन्छ। त्यसैले यी अवस्थामा प्याड प्रयोग गर्दा केही सावधानी अपनाउनु पर्नेहुन्छ।
गुणस्तर नेपकिनको प्रयोगः
अलिकति पैसा बचाउनका लागि कुनै पनि लोकल प्याडकिन्ने गल्ति नगरौं। किनकी यो स्वास्थ्यको मामला हो। गुणस्तरहिन नेपकिनले दाग लाग्ने डर मात्र हुने होइन कि संक्रमण पनि हुन सक्छ। त्यसैले राम्रो गुणस्तरको ब्रान्डेड प्याडनै प्रयोग गर्नु उचित हुन्छ। त्यसैले यसका लागि अतिरिक्त पैसा खर्च गर्न किन नपरोस।
२–३ घन्टाको फरकमा प्याडफेर्नेः
अधिक रक्तस्राव हुने, महिनावारीको पहिलो र दोस्रो दिन २ देखि ३ घन्टाको बीचमा प्याड फेर्नु जरुरी छ। कतिले दिनभरि नै एउटै प्याड प्रयोग गरिरहेका हुन्छन्। यस्तो गल्ति कदापी नगर्नुस। किनकि यसबाट इन्फेक्सन पनि हुन सक्छ।
ठूलो साइजको नेपकिनः
बजारमा अचेल नेपकिनका कति ब्रान्ड र विकल्पहरु उपलब्ध छन्। तर, सँधै एक्स्ट्रा लार्ज प्याडनै किन्ने गर्नुस। बढि लामो नेपकिनले बढि सोस्नुका साथै दाग लाग्ने डर पनि हुँदैन।
छालालाई ध्यानमा राखेर ब्रान्ड छान्नुस्ः
हरेकलाई हरेक ब्रान्डको प्याडसुट हुनुपर्छ भन्ने छैन। त्यसैले पहिलोपटक कुनै पनि ब्रान्डको ठूलो प्याकेट किन्नुभन्दा सानो प्याकेट किनेर प्रयोग गर्नुस र त्यसले आफूलाई सुट गर्छ कि गर्दैन हेर्नुस। यदि ठिक भयो भने भइहाल्यो। यदि यसबाट तपाईंलाई चिलाउने समस्या भयो भने दोर्होयाएर यो ब्रान्डको प्याड प्रयोग नै नगर्नुहोस्।
सफा हुनु जरुरीः
महिनावारीका समयमा धेरै भन्दा धेरै सफाईमा ध्यान दिनुपर्दछ। कुनै पनि प्रकारको लापरवाहीले इन्फेक्सनको खतरा बढ्न सक्छ। त्यसैले आफ्नो गोप्य अंगलाई राम्रोसँग सफा गर्नुस ताकि कुनै प्रकारको स्किनको समस्या नहोस्।