काठमाडौं– टुकी फूल एक वनस्पति हो। यो फूल जहाँतहीँ पाइएता पनि यसमा पाइने औषधीय गुणका विषयमा सवैलाई जानकारी नहुनसक्छ। यो खेतबारीका डिल, कान्ला, चउर लगायतका ठाउँमा सहजै पाइन्छ। यो बोटमा धेरै किसिमका रोगहरु ठिक पार्ने औषधीय गुण हुन्छ।
टुकी फूल एक महत्वपूर्ण जडिबुटी पनि हो। यो फूलमा भिटामीन ए, भिटामीन सी, आइरन, क्यल्सियम जस्ता तत्वहरु पाइन्छन्। टुकी फूल फागुन चैत तिर नयाँ पालुवाको रुपमा जमिन बाट निस्किन्छ र वैषाख जेठको समयमा फुल्दछ यसको फूल पहेलो रङको हुन्छ। फूल यो विस्तारै भुवामा परिणत हुन्छ भने भुवासगै स–साना बिजहरु पनी हुन्छन्।
टुकी फूलको जरा, पात, काण्ड, फूल, बिज पुरै भागहरु दवाइको रुपमा प्रयोग गर्न सकिन्छ। यसको स्वाद हल्का तितो र टर्रो खालको हुन्छ। यसको बोटलाई पिसेर जुसका रुपमा प्रयोग गर्न सकिन्छ।
यसका औषधीय गुणहरुः
– टुकी फूललाई वसन्त ऋतुको समयमा कलिलै निकाल्नु सबैभन्दा राम्रो हुन्छ। यसको विरुवाको डांठले मधुमेह रोगलाई हटाउने, पाचन प्रणालीमा सुधार गर्ने, पेटसम्बन्धि समस्याहरुलाई निराकरण गर्ने काम गर्दछ।
– टुकी फूलको जराको प्रयोगले क्यान्सर र अरु स्वास्थ्यसम्बन्धि समस्याहरु निराकरण हुने गर्छ। जरालाई खुर्केर काटिसकेपछि १५ दिनको लागि सुख्खा ठाउँमा त्यसै छोड्नुहोस्। त्यसपछि यो ताजा देखिन्छ र त्यसलाई एउटा भाँडोमा हालेर चिसो ठाउँमा राख्नुहोस्। त्यसपश्चात यसको प्रयोग गर्नुहोस्।
– टुकी फूललाइ धेरै रोगहरुमा जडिबुटीको रुपमा प्रयोग गर्न सकिन्छ। जस्तै कलेजोका रोग, दीर्घ खालको हेपटाइटिस, बारम्बार ज्वरो आइरहने, मृगौलाको रोग, पिसाव पोल्ने वा पिसाव फेर्दा अफ्ठ्यारो हुने, कुष्ठरोग, वाथ, अपज, कब्जियत, पेट दुखेको, पेटमा जुका परेको, रगत सफा गर्नलगायतमा प्रयोग गर्न सकिने आयुर्वेदले जनाउँछ, खान मन नलाग्ने बिरामीहरुका लागि भोग जगाउन, जोर्नी कडा भइ चलाउन गाह्रो हुने, निद्रा नलाग्ने, जन्डिसजस्ता रोगहरुमा टुकी फूलको प्रयोग गर्न सकिन्छ।
– मुटु रोगीहरुले टुकी फूलको चिया बनाइ सेवन गर्नाले फाइदा पुग्ने गर्दछ। गर्भवती र रजस्वला बन्द भएको महिलाहरुको लागि यसको प्रयोग महत्वपूर्ण मानिन्छ, यस फूलको पातमा पोषण तत्व प्रचुर मात्रामा पाइन्छ हुँदा पातको प्रयोगले स्वस्थ देखिनुका साथै शरीरलाई आवश्यक पौष्टिक तत्वको परिपूर्ति हुने गर्छ।
– टुकी फूलको जराको प्रयोग कलेजो, मृगौला, पित्तथैलीका लागि फाइदाजनक मानिन्छ। त्यसैगरी यसले छाला सुनिने, कलेजो सुनिने (हेपाटाइटिस), घाउहरु र अन्य रोगहरुबाट बच्न मद्धत गर्दछ। यसले स्तनसम्बन्धी समस्याहरु तथा महिलाको विभिन्न रोगहरु निवारणमा फलदायी मानिन्छ।
यसको रस बनाउने तरिकाः
आवश्यक सामाग्रीः
४०० वटा टुकी फूल, ४ वटा काटेको कागती, ४ वटा काटेको सुन्तला र ३ लिटर पानी।
अब यी सामाग्रीहरुलाई पानीमा हालेर २४ घण्टासम्म त्यसै छोड्नुहोस्। त्यसपछि यसमा थोरै चीनी हालेर २ मिनेटसम्म पकाउनुहोस्। अनि मिश्रण बाक्लो देखिएपछि निकालेर सफा भाँडोमा खन्याउनुहोस्। यसको प्रयोग चिसोबाट बच्न र श्वासनलीसम्बन्धि समस्याहरुको लागि प्रयोग गर्न सकिन्छ।
यसको चिया बनाउने तरिकाः
यसको सुख्खा जरालाई स–सानो टुक्रा बनाई पानीमा मिसाएर चिया बनाउने गरिन्छ। १ ठूलो चम्चा टुकी फूलको जरालाई १ गिलास पानीमा मिसाएर चिया बनाई पिउनाले विभिन्न रोग निको हुने गर्छन्। शरीरको प्रतिरक्षा प्रणाली समेत बलियो बन्छ।