काठमाडौं– किसमिसमा भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पाईन्छ। साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टीअक्सीडेन्टको मात्रा बढी हुन्छ। जस्का कारण विरामी हुनबाट बचाउँछ। किसमिसको पानीले कलेजो र किड्नीको बिरामीलाई निको पार्न मद्दत गर्दछ।
यसको पानी लागातार ४ दिनसम्म पिउनाले कलेजो र किड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हानिकारक पदार्थ सबै बाहिर निस्कन्छन्। किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई राम्रो गर्दछ। रगत सफा हुन्छ, एसिडीटी कम हुनुका साथै हृदय बलियो बनाउछ र खराब कोलेस्ट्रल टाढा हुन्छ।
किसमिसको पानी पिउन थालेको दुई दिनमा नै यसको फाईदा देखा पर्नेछ। १५० ग्राम किसमिसमा २ कप पानी राखेर काँडा पानी बनाउन सकिन्छ।
काँडा पानी बनाउने तरिकाः
एउटा प्यानमा सफा २ कप पानी उमाल्नुहोस्, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस्। भोली पल्ट बिहान पानीलाई छानेर सानो आँचमा हल्का तताएर खाली पेटमा पिउनुहोस् त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता गर्नुहोस्। यस्तो धेरैदिन सम्म गरेमा लाभ हुन्छ।
यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ। यसको काँडा पानी लाई महिनामा लागतार चार दिन सम्म प्रयोग गर्नुहोस्। यसले कुनै साइड इफेक्ट गर्दैन्। तर चिनी अलि कम खानुपर्छ। किनभने किसमिसमा गुलियोपना हुन्छ।