काठमाडौं– प्राकृतिक नियम संगै हरेक महिलामा महिनावारी हुनेगर्दछ। प्रायः जसो १२–१३ बर्षको उमेरबाट पिरियड सुरु हुन्छ। तर धेरै जसो महिलाहरुमा खानपान र जिवनशैलीका कारण कतिपयलाई समयमा पिरियड हुदैन। यस्तो अवस्थामा महिलाहरुलाई गाह्रो महशुस हुने र शारिरीक पिडा हुने गर्दछ। त्यसैले आज हामी यहाँ समयमै महिनावारी (पिरियड) गराउने केही घरेलु उपाय बताउदैछौं।
महिनावारी समयमा नहुने कारणहरुः
– पिरियडको समयमा जुन अण्ड फुट्नु पर्ने हुन्छ, त्यो अण्ड नफूटेमा समयमा महिनावारी (पिरियड) नहुने सम्भावना बढी हुन्छ।
– धेरै मोटोपन भएमा पनि मनिावारी रोकिने समभावना हुन्छ, र हर्मोन ब्यालेन्समा भएन भने पनि महिनावारी (पिरियड) रोकिने गर्दछ।
– जुन औषधी महिनावारी (पिरियड) समयमा खानुहुन्छ, त्यसको कारणले गर्दा पनि कहिले–काहीँ महिनावरी गडवडी हुने गर्दछ, त्यस्तै तपाइलाई डिप्रेसन वा कुनै तनाव भएमा यस्तो समस्या हुने गदैछ।
– धेरै शारीरीक व्यायाम गर्ने महिलाहरुमा पनि र व्यायाम नगर्ने महिलाहरुमा महिनावारीको समय गडवडी हुनेगर्दछ, खानपानमा ध्यान नदिकन बढी जंगफुड खानाले पनि यस्ता समस्याहरु आउने गर्दछ।
चाहीने सामाग्रीः
एक गिलास पानी, सानो टुक्रामा काटिएको एक पाना अदुवा, मसीनो गरी काटिएको २ वटा प्याज र ५० ग्राम सखर।
बनाउने तरिका र यसका उपायहरुः
सबैभन्दा पहिला एउटा फ्राईपेन लिनुहोस् र त्यसमा एक गिलास पानी उमाल्नुहोस्। उम्लीएको पानीमा अदुवाको टुक्रा र प्याजलाई लाई सानो आँचमा ५ मिनेट पकाउनुहोस्। अव काँडापानी तयार भयो र यसलाई हल्का सेलाएर एउटा गिलासमा तार्नुहोस्। त्यसपछि तारेको काँडापानीमा ५० ग्राम सखर मिक्स् गर्नुहोस्।
तपाईले अब तयार भएको काँडा पानीलाई बेलुका सुत्नुभन्दा अगाडी पिएर सुत्नुहोस्। यसरी तपाईले घरेलु औषधी बनाएर खानेगर्नु भयो भने तपाईको महिनावारी (पिरियड) मा सुधार आउने छ। यसरी बनाएको काँडा पानी सेवन गर्दापनि नियमीत महिनावारी नभएमा तुरुन्त डाक्टरको सल्ला लिनु पर्दछ।