काठमाडौं– गाउँ घरमा हुने जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं र कतिपय थाहा पाउँदा–पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका हुन्छन्।
कतिपय महत्वपूर्ण जडिबुटी कौडीको भाउमा बेचेर त्यसबाट बनेका महँगो मुल्यमा औषधीहरु किन्न बाध्य छौं। आज हामी गाउँघरमा पाइने जडीबुटी लज्जावतीको बारेमा चर्चा गर्न गइरहेका छौं।
लज्जावती झारको बारे कतिपयलाई थाहा छैन होला। तर यो झार जहाँ–तही पाइने एउटा वनस्पति हो। जसलाई लज्जावती अर्थात बुहारी झार पनि भन्ने गरिन्छ। घर आगनको आसपासमा पाईने यो झार औषधिको रुपमा खाइन्छ।
विभिन्न रोग निर्मूल पार्न लज्जावतीको प्रयोगः
लज्जावतीको (पन्चांग) अर्थात यसको जरा, डाँठ र पातलाई एक लिटर पानीमा पकाएर बनाएको आधा लिटर काँडा पानी एक हप्ता सम्म नियमित खाएमा जण्डिस पुरै निको हुन्छ। मधुमेहका रोगीका लागि पनि लज्जावती झार निकै लाभदायक मानिन्छ।
लज्जावतीको पन्चांगलाई त्यसैगरी पानीमा पकाएर नियमित सेवन गरेमा मधुमेहका रोगीलाई फाइदा पुग्दछ। २१ दिन सम्म सुगर रोगीले यसको जरा पकाएर बेलुकी एक गिलास पिएर सुतेमा सुगर निर्मुल पार्दछ।