काठमाडौं– खानेकुरा खाँदैमा स्वस्थ हुइन्छ भन्ने होइन। त्यसका लागि सही समय र तौरतरिकालाई पनि ख्याल गर्नु वा मिलाउनु पर्ने हुन्छ। खाली पेट वा भरिएको पेट भएको बेलामा केही खानेकुरा नखानु भन्ने नेपाली समाजमा पनि चलन चल्तीमा रहेको हुन्छ।
अन्यथा तपाईलाई बिरामी पार्न सक्ने वा रोग निमत्याउन सक्ने खतरा रहन्छ। आज हामी यस्ता केही खाने कुरा जो खाली पेटमा खान उपयुक्त हुँदैन त्यसका बारे कही जानकारी यहाँ प्रस्तुत गरेकाछौं।
दही– पेटका लागि निकै उपयोगी खानेकुरा हो। गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ। खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन। एसिडिटी उत्पन्न हुन्छ। अमिला फलफूल अधिकांशले रुचाउँछन्। तीमध्ये सुन्तला त धेरैको प्रिय मानिन्छ। खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छन्। त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन्।
केरा– पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ। यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ। बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ। चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन। किनकी खाली पेटमा केरा खाँदा एसिडिटी बढाउँछ
चिया वा कफी– चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ। त्यससँगै निद्रा हटाउन पनि मानिस हरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ। यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ। खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ।
खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा असर र्पुयाउँछ।