काठमाडौं– फेस ओयलप्रति प्रायः मानिसहरुको विभिन्न असमझदारीहरु रहेका छन्। कहिले पनि आफ्नो अनुहारमा नरिवलको तेल अथवा ओलिभ ओेयल लगाउनु हुँदैन। किनभने त्यसले तपाईको रोमछिद्र बन्द गरीदिन्छ। फेस आयलले कसरी तपाईंको छालालाई स्वस्थ र सुन्दर बनाउँछ भन्ने कुरा निम्न प्रकार छन्।
ओयल स्किनको केयर प्रोडक्ट सहयोगी हुन्छः
आफ्नो छालाका लागि ओयल फ्रि प्रोडक्टको प्रयोग नै राम्रो हुन्छ भन्ने मान्यता छ। तर, यस्तो होइन दाग र मृत छालाका हाइड्रेट गर्न फेस ओयल प्रोडक्टहरु धेरै लाभदायक हुन्छ। साथै यसले तपाईंको छाला पनि कोमल बनाईराख्न सहयोग र्पुयाउँछ।
फुटेको छालाः कोल्ड–प्रेस सिड ओयल संवेदनशील छालाको लागि धेरै फाइदाजनक हुन्छ। त्यसले फुटेको छालालाई ठिक पार्न पनि सहयोग गर्छ। त्यस्तै यो तेलले दाग हटाउन पनि सहयोग गर्छ। जीरा, गुलाब र कमिया (जापानी शब्द) बिउको तेलको मिश्रण बनाएर अनुहारमा लगाउनाले धेरै फाइदा प्राप्त हुन्छ। यसमा समावेश भएको एन्टिअक्सिडेन्टले अनुहारको छालालाई अझ सुन्दर बनाउँछ।
छालाको लागि सहयोगीः कहिलेकाहीँ मानिसलाई तेलको प्रयोगले छाला झन् तैलीय हुन्छ भन्ने लाग्छ। तर, विशेषज्ञहरुका अनुसार तेलको कमीले छालामा सिबम नामक एउटा पदार्थ धेरै बृद्धि हुन्छ। जसले छाला झन् धेरै तैलीय हुन्छ। सही मात्रमा तेलले तपाईंको छालालाई धेरै स्वस्थ र चमकदार बनाउँछ। यसबाहेक मोइश्चराइजरसँगै फेस ओयलको केही थोपा मिलाएर लगाउनाले पनि छालालाई धेरै फाइदा हुन्छ।