काठमाडौं –अलमण्डलाई मधेसी बदामको नामले चिनिन्छ। मधेसी बदामलाई चिनियाँ बदाम पनि भनिन्छ। यो मध्यम रुखमा फल्ने फल हो। मधेसी बदाममा फाइबरको मात्रा बढी हुन्छ।
यसमा म्याग्नेसियम, सिलिनियम, क्याल्सियम आदी मात्रामा पाइन्छन्। यसमा भिटामिन ई को मात्रा धेरै हुन्छ तसर्थ मानिसको शरीरले सबै भिटामिन आफै उत्पादन गर्न सक्दैन्।
मधेसी बदाममा पाइने म्याग्नेसियमले मेटाबोलिक सिन्ड्रोम, शरीरको तौल घटाउने, शरीरमा उत्पन्न भएका अनावश्यक बोसोलाई हटाएर मधुमेहजस्ता रोगको निराकरण गर्न मद्धत गर्दछ।
मधेसी बदाममा पिसाब खुलाउने, पेट सफा गर्ने, शरीरलाई पोषण दिने, दुखाई कम गर्ने, र शरीरको भित्री भाग सुन्निएको वा चिलाएर दुखेको निको पार्ने क्षमता हुन्छ। अझै धेरै त सुत्केरी महिलालाई फाइदा गर्छ। त्यै भएर त अधिकांश महिलाले गर्भावस्थामा बदाम खाने गर्छन्। शीशुमा देखिने धेरै किसिमका रोग विरुद्ध लड्ने क्षमता प्रदान गर्दछ्। बदाममा पाइने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा र जन्म भएपछि पनि रोगबाट बचाउँछ।
दैनिकरुपमा दुईदेखि तीनवटा बदाम खाने बानी गर्ने हो भने मुटु सम्बन्धी रोग, ब्लड सुगर आदिको लागि फाइदा गर्छ। बदामको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगको खतराबाट समेत बचाउने अनुसन्धानमा खुलेकाे छ। यसमा पाइने फाइटेस्टोरेल नाम गरेको तत्वले ट्युमर नियन्त्रण गर्ने काम गर्दछ।
साथै छालासम्बन्धी रोगजस्तै अनुहारमा चाउरी पर्ने, जिउ चिलाउने जस्तरोगहरु कम गर्न मद्धत गर्दछ। यसको दैनिक प्रयोगले अनुहार चम्किलो, नरम बनाउँछ। यसको प्रयोगले आँखाको समस्या निको पार्न मद्धत गर्दछ।
यसको सेवनले विभिन्न किसिमको रोगको जोखिमबाट बच्न सकिन्छ।यसले जीवन शैलीमा नयाँ रुप र मिठास प्रदान गर्ने काम गर्दछ।