काठमाडौं– काउली एक लोकप्रिय तरकारी हो। यसको उत्त्पति स्थान साइप्रस वा इटलीको भूमध्यसागरीय क्षेत्र मान्ने गरिन्छ ।नेपालमा पनि यो लोकप्रिय रहेको छ। नेपालको तराई क्षेत्रमा यसको व्यापक खेति गर्ने गरिन्छ।
जाडोमा अधिकांशलाई अत्यधिक मनपर्ने तरकारी हो, काउली (फूल कोभी)। काउलीको तरकारी प्रायः सबैलाई उत्तिकै प्रिय लाग्छ। त्यसैगरी काउली खानु स्वास्थको लागि निकै फाइदाजनक मानिन्छ।
यसमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट आदि पाइन्छ। यो तरकारीले हामीलाई एनिमिया, मेनोपोज, स्कर्बी, ब्रेस्ट क्यान्सर, मुटुरोग आदि राेगहरूबाट जाेगाउने गर्छ।
यसबाहेक काउलीको सेवनले शरीरको तौल घटाउन समेत मद्दत गर्दछ।
तर एक सिनियर डाइटिसियनका अनुसार काउलीले केही रोगका बिमारीहरुलाई पक्कै बेफाइदा र्पुयाउँछ। यसको सेवनले उनीहरुको समस्या अझै बढ्न सक्ने बताएका छन्।
यी राेगीहरूले काउली खानु राम्राे मानिदैनः
थाइराइडका बिमारी
थाइराइड दुई प्रकारको हुन्छ। (हाइपो थाइराइड तथा हाइपर थाइराइड हुन्छ। हाइपो थाइराइडमा थाइराइड ग्ल्याण्ड एक्टिभ हुन सक्दैन। जसबाट शरीरमा टि थ्री, टि फोर हार्मोन पुग्न सक्दैन।
चिकित्सकहरुका अनुसार हाइपो थाइराइडबाट पीडित महिलाहरुले काउली खानबाट बाच्नुपर्छ।यसमा गाइट्रोगन नामक तत्व पाइन्छ। जुन थाइराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ।
ग्याष्ट्रिकपीडित महिलाहरु
डाइटिसियनहरुका अनुसार काउलीमा पोषक तत्वहरु पाइन्छन। पाचन प्रणालीलाई नै समस्या पैदा गरिदिन सक्छ। ग्यास्ट्रिकबाट पीडित व्यक्तिहरुले काउलीको सेवन गर्नबाट बच्नुपर्छ। यसबाहेक शिशुलाई दुध खुवाइरहेका आमाहरुले पनि काउली सेवन गर्नुहुँदैन। त्यसैले काउली भनेको ग्याष्ट्रिकका लागि समस्या हो।
यसबाहेक जो महिलाहरुलाई अर्थराइटीसको समस्या हुन्छ। उनीहरुलाई पनि ग्याष्ट्रिकको समस्याले सताउन सक्छ। उनीहरुले पनि काउली खानबाट बच्नुपर्छ। किनभने काउलीले पेटमा ग्यास बढाउँछ र त्यसले हड्डीहरुमा पीडा हुन थाल्छ।
ब्लडक्लटिङका समस्याहरु
काउलीमा भिटामिन–के अत्यधिक मात्रामा पाइन्छ। भिटामिन– के ले शरीरको ब्लड कटिङमा सहयोग र्पुयाउँछ। यो भिटामिनको कमी भयो भने शरीरको भित्री अंगहरुमा आन्तरिक ब्लिडिङ हुनसक्छ। त्यसैले रगतलाई गाढा बनाउनेका औषधि सेवन गरिरहेका महिलाहरुले पनि काउलीको सेवन गर्नबाट बच्नुपर्छ। यो स्वास्थका लागि धेरै नै फाइदाजनक पनि छ।
काउलीको स्वाद अधिकांशलाई मनपर्छ भन्ने कुरामा त अब द्विविधा नै नरहला। यद्यपि, हरेक कुराको सकारात्मक तथा नकारात्मक पक्ष हुन्छ भनेजस्तै काउलीको पनि दुबै पक्ष देख्न सकिन्छ। यदि तपाईं पनि माथि उल्लेख गरिएकामध्ये कुनै समस्याबाट पीडित हुनुहुन्छ भने काउलीको सेवनबाट बच्नुपर्छ। जुन निकै खतरनाक हुनसक्छ।