काठमाडौं– स्वस्थ जीवन जिउने सबैको चाहना हुन्छ। तर, कतिपय कुराहरु नमिलेर हामी अस्वस्थ हुन्छौं। त्यसैले हाम्रो करेसा बारी अथवा बगैंचामा उपलब्ध हुने कतिपय वनस्पतीहरुलाई सही तरिकाले उपयोग गर्न सकियो भने स्वस्थ जीवन जिउन सहयोग पुग्न सक्छ। हामीे यहाँ केही वनस्पतिहरुका बारेमा जानकारी प्रस्तुत गर्दैछौं। जसले गर्दा हामीलाई स्वस्थ राख्न सहयोग र्पुयाउछ।
कागती– कागती पनि एउटा राम्रो औषधि हो। यसको सेवनले इम्युनिटी बढ्छ। कागतीले बान्ता, वाकवाकी, कब्जियत, पखाला आदिमा अचूक औषधि झैं काम गर्छ। अनुहारमा आएको दाग, डण्डिफोरमा कागतीको रसलाई मूलतानी माटोसित मिसाएर प्रयोग गर्दा फाइदा मिल्छ।
पुदिना– पाचनसम्बन्धी समस्यामा पुदिनाको चिया अत्यन्त फाइदाजनक हुन्छ। पुदिनाको ताजा पातको चियाले पेटमा गाँठो, पेट फुल्ने, ग्याँस आदि समस्या निको पार्छ। पुदिनाले रुघाखोकीमा पनि प्राकृतिक औषधिका रूपमा काम गर्छ।
तुलसी– तुलसी परम्परागत औषधि नै हो। यो प्रायः सबैको घरमा उमारिन्छ। तुलसीलाई सामान्य रुपमा रूघाखोकी र पेन रिलिफमा उपयोगी मानिन्छ। टाउको दुखेका बेलामा तुलसीलाई मलेर निधारमा रगड्दा पनि धेरै फाइदा मिल्छ। तुलसीको प्याकले मुहारमा चमक ल्याउँछ। तातोपानीमा तुलसीको पात उमालेर सेवन गर्दा खोकी लागेको समेत निको हुन्छ।
ज्वानोको फूल– ज्वानोको फूल एन्टी अक्सिडेन्ट तथा एन्टिसेप्टिक हो। यसलाई सुख्खा तथा हल्का माटोमा घाम लाग्ने ठाउँमा उमार्न सकिन्छ। रुघा लागेको बेला राति सुत्नुअघि यसको चिया पिउँदा आराम मिल्छ। खाली पेटमा भुटेको ज्वानो सेवन गरियो भने पेटको समस्यामा समेत फाइदा पुग्छ।
मेहन्दी– मेहन्दीलाई मुड ठिक गर्न र चिसोबाट जोगिन दालचिनीका साथमा प्रयोग गरिन्छ। बाह्रै महिना उम्रने मेहन्दीको बिरुवा घाममा बढ्छ। एक चिम्टी मेहन्दीको चिया पिउँदा मौसमी बिरामी तथा विकारहरूबाट टाढा रहन सकिन्छ।
घिउ कुमारी– एलोबेरालाई दैनिक खानपिनमा समावेश गर्न सकिँदैन। यद्यपि यो एउटा औषधीय गुण भएको बिरुवा हो। यसको प्रयोग पाचन प्रणालीलाई सुधार्नका लागि गरिन्छ। एलोबेराको जुस स्वास्थ्यवर्द्धक हुन्छ। यसको जेलले छालालाई कोमल तथा नरम बनाउँछ। एलोबेराले छालामा पानीको आपूर्ति पनि गर्छ। स्किन ट्यानिङमा समेत यो अत्यन्त लाभदायक मानिन्छ।
लेवेन्डर– यो एउटा एन्टिसेप्टिक हो। यसको माथिल्लो भागलाई टुक्रा पारेर एक कचौरा उमालेको पानीमा हालेर बाफ लिनु लाभदायक हुन्छ। यसको फूलको रसको प्रयोगले पुरानो दाग हटाउन मद्दत गर्छ।