काठमाडौं– स्वास्थ्यमा गम्भीर असर हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि धेरै मानिसहरुले चाउचाउको प्रयोग गर्ने गरेका छन्। स्वाद र व्यस्तताका कारण नेपालमा चाउचाउको प्रयोग भारी मात्रामा बढेको पाईन्छ।
नेपाल विश्वमा नै सबैभन्दा धेरै चाउचाउ खाने मुलुकहरुको बीचमा छ। विश्वको सवाधिक चाउचाउ प्रयोग हुने देशको सूचीमा चीन पहिलो नम्बरमा छ भने चौथो नम्बरमा भारत रहेको छ। यिनै धेरै प्रयोगकर्ताहरुको बीचमा रहेको नेपालले पनि एक दिनमा नै ४० लाख प्याकेट चाउचाउ खपत गर्ने गरेको एक अध्ययनले देखाएको छ।
चाउचाउमा के खराबी हुन्छ ?
चाउचाउको खराबी तत्कालै देखिने खालको हुँदैन। कुनैपनि तयारी चाउचाउ लामो समयसम्म प्रयोग गर्न सकियोस् भन्ने हिसाबले बनाइएको हुन्छ। जसको लागि उनीहरुले अत्यधिक प्रशोधन गरेर बजारमा पठाउने गरेका हुन्छन्। ती खानाहरुमा पौष्टिक सामग्रीहरु कम हुन्छन् भने फ्याट, क्यालोरी र सोडियम उच्च मात्रामा पाउने गरिएको हुन्छ। साथमा सुन्दर र मीठो देखाउनको लागि कृतिम रंगहरु, संरक्षणको लागि केमिकलहरु र थप फ्लेवरहरु समेत मिसाईएको हुन्छ। यो पनि स्वास्थ्यको लागि असरदायक हुन्छ।
अधिकांश समय मोनो सोडियम ग्लुटामेट जसलाई हामी अजिनामोटो नामले चिन्ने गर्छौं। त्यसका साथै टेटरियरी(बुटेल हाइड्रोक्विनोन (टीबीएचक्यु) र पेट्रोलियम उद्योगबाट प्राप्त हुने रासायनिक पदार्थहरुको समेत प्रयोग गर्ने गरिन्छ। यी पदार्थहरुका कारण नै चाउचाउ हानिकारक हुने गर्छ।
अध्ययनका अनुसार हप्तामा दुई पटक वा सोभन्दा बढी इन्स्टन्ट नुडल्स खाएकी एक महिलाहरूकोमा कम चाउचाउ खाएका महिलाहरुको तुलनामा मेटाबोलिक सिन्ड्रोमको जोखिम बढी भएको भेटिएको छ। सो अध्ययनको निष्कर्षमा अत्यधिक तयारी चाउचाउ उपभोगले मोटोपना बढाउने मात्र नभई मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी समस्या जस्ता नसर्ने रोगहरु समेत निम्तिने गरेको उल्लेख गरिएको छ।