काठमाडौं– हाम्रो शारीरिक सुन्दरता संगै खानको लागि निकै महत्वपूरर्ण हो दाँत। कसैको खाना खाएपछि दाँत माँझ्दा पनि दात सफा र सेतो नहुने समस्या देखिन सक्छ। त्यसका लागि केही घरेलु उपायहरु यसप्रकार छन्।
दाँत चम्काउने घरेलु उपायः
सुन्तला– सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस्। यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ। केही हप्ता यो प्रक्रिया दोर्होयाउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ।
स्याउ– दैनिक एउटा ताजा स्याउ खानाले दाँतका लागि फाइदा हुन्छ। यसलाई राम्ररी चपाएर खाने। यसमा एसिड र फाइबर हुने हुँदा दाँतलाई दह्रो बनाउँछ।
कागती–नुन– कागतीमा केही नुन मिलाउने र त्यसलाई दाँतमा रगड्ने। केही समय त्यसै छाडिदिने र पानीले धुने। केही हप्तासम्म दिनको दुईपटक यसो गर्ने।
तुलसीको पात– तुलसीको पातलाई घाममा सुकाउने। जब यो सुक्खा हुन्छ, त्यसलाई पिसेर पाउडर बनाउने। यस पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस गर्ने। अर्को तरिका यसको पत्तालाई सर्स्यु को तेलमा मिलाएर दाँत सफा गर्ने।
स्ट्रबेरी– स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ। केही स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने। दैनिक दुईपटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ। अर्को तरिकामा स्ट्रबरीलाई आधा चम्चा बेकिङ सोडामा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने र त्यसलाई पखाल्ने। त्यसपछि टुथपेस्टले सफा गर्ने।