काठमाडौं– कपाललाई सुन्दर एवम् लामो बनाउने उद्देश्यले बजारमा आजभोली विभिन्न प्रकारका फेन्सी प्रोडक्टहरु आएका छन्। कपालकाे स्याहार गर्नका लागि विभिन्न खाले स्याम्फू, ट्रिटमेन क्रिम, सिरम जस्ता प्रोडक्टहरु बजारमा प्रशस्त मात्रामा पाईन्छन्।
तर तीनै केमीकल युक्त प्रोडक्टले गर्दा हाम्रो कपाल झर्ने, कपालमा चाँया पर्ने, कपाल टुक्रिने जस्ता समस्याहरु हुने गरेको पाईन्छ। त्यसैले आज हामी कपालको लम्बाइसँगै सुन्दरता बढाउनकाे लागि केही घरेलु औषधीका बारेमा जानकारी दिन्छाैंः
हामीलाई चाहिने सामाग्रीः
सुद्ध तोरीको तेल मिडियम कचौराको एक कचौरा,
सानो टुक्रामा काटिएको दुई वटा प्याज,
एक पोटी केलाएको लसुन र एक चम्चा कालो जिरा।
अब कसरी बनाउने त ?
सर्वप्रथम एउटा फ्राईपेन लिनुहोस् र त्यसलाई हिटमा राखेर तताउनुहोस्। फ्राईपेन तातेपछि त्यसमा तयार गरेको एक कचौरा तेललाई राख्नुहोस्। अब तेललाई मजाले खार्नुहोस् र खारिएको तेलमा काटेर राखिएको प्याज, केलाएको लसुन र कालो जिरा लाई राखेर मजाले मिडियम हिटमा ५ मिनेट फ्राई गर्नुहोस्। अब लसुन, प्याज रातो भएपछि तेललाई तार्नुहोस् र तेल चिसो भएपछि बोटलमा स्टाेर गरेर राख्नुहोस्।
प्रयाेग गर्ने तरिकाः
तयार भएको तेललाई तपाईले सुत्नुभन्दा अगाडी कपालमा लगाएर मजाले २० मिनेट सम्म मसाज गर्नुहोस् र कपाललाई बाटेर सुत्नुहोस्। भोलीपल्ट बिहान कपाल धुनुभन्दा ३० मिनेट अगाडी एक कचौरा कालोचियामा एउटा अन्डा फुटाएर त्यसको सेतो भाग मिक्स् गर्नुहोस् र मजाले घोलेर कपालमा लगाई ५–१० मिनेट मसाज गरेर १ घन्टा कपालमा छोडिदिनुहोस्। त्यसपछी हर्बोल स्याम्फू वा विना केमिकल युक्त स्याम्फूले कपाललाई मजाले धुनुहोस्।
यसरी यी तरिकाहरु अपनाएमा तपाईको कपाल झर्न, टुक्रिन पाउँदैन र कपाल बाक्लो र लामो पनि हुन्छ। प्रयोग गरेर हेर्नुहोस् एक हप्तामा नै यसले तपाईको कपाललाई निक्कै फाईदा पुर्याउनेछ।