काठमाडौं– चिसो मौसम धेरै बढिरहेको छ। त्यसैले हाम्रो शरीरलार्य न्यायोको आवश्यक हुन्छ। जाडोमा छाला सुख्खा हुने गर्छ। जसले गर्दा ओठ पनि फुट्ने समस्या हुन्छ।
चिसोका कारण ओठ सुख्खा हुने र फुट्ने गर्छ। ओठलाई मानिसको सौन्दर्यको प्रतिकको रुपमा पनि लिइन्छ। त्यसैले ओठ फुट्ने समस्याले सबैलाई तनाव हुनेगर्छ।
ओठ सुख्खा भएर फुट्दा खानेकुराहरु खाँदा पोल्ने गर्छ। त्यतिमात्र होइन धेरै सुख्खा भएर ओठ फुटेमा हाँस्दा समेत दुख्ने र रगत बग्ने सम्भावना पनि हुन्छ। बाहिरको मौसम बढी चिसो हुँदा ओठ धेरै सुख्खा हुने गर्छ। त्यसकारण ओठ फुट्ने संभावना धेरै हुन्छ।
अव के गर्ने त ?
ओठ फुट्ने समस्या भएका व्यक्तिहरुले ओठलाई चलाउने, जिब्रोले चाट्ने गर्छन्। यस्तो बानीले ओठ झनै सुख्खा भएर फुट्ने गर्छ। त्यसैले ओठलाई जिब्रोले चलाउने बानी गर्नु हुँदैन, हाम्रो शरीर र स्वास्थ्यलाई सामान्य तरिकाले ख्याल गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकरा पाउन सकिन्छ।
चिसो मौसममा मानिसहरु पानी पिउन पनि अल्छि गर्छन्। ओठ तथा शरीरको छाला फुट्ने समस्या पानीको कमिले पनि हुन्छ। त्यसैले अल्छिपना हटाएर नियमित रुपमा प्रर्याप्त मात्रामा पानी पिउनुपर्छ। ओठ फुट्न नदिन घरेलु विधिहरु पनि अपनाउन सकिन्छ।
ओठ फुट्न नदिन चिसो वातावरणमा जानुअघि ओठमा चिल्लो पदार्थ वा लिप गार्डको प्रयोग गर्नुपर्छ, मह, घीउ, नरिवलको तेल, दूधको तर आदि हलुका तरिकाले ओठमा लगाउदा पनि ओठ फुट्ने समस्या कम हुन्छ।