काठमाडौं– चीसो मौससमा धेरै थरीको फल बजारमा पाइन्छ र स्वादिष्ट पनि हुन्छ। यी फलहरु भित्र मानिसमा चाहिने पोषण तत्वहरु लुकेर रहेका हुन्छन्। चीसोमा पाईने फलले विशेषगरी पूरै शरीरको लागि निकै मद्दत पुया्उँछ।
केरा– हरेक दिन विहान १२ बजे पहिला केरा खानाले ब्लड पे्शर नियन्त्रण भई मन खुशी राख्दछ।
स्याउ– स्याउले आखाको मुनि रहेको कालो घेरा हटाउन, तौल नियन्त्रण गर्न, दाँतलाई स्वस्थ्य राख्न, छालाको क्यान्सरबाट बच्न र मधुमेह जस्ता रोगबाट बचाउन सक्छ।
सुन्तला– सुन्तलालाई भिटामिन सी को मुलश्रोत नै मानिन्छ। यसबाट छाला र मनको स्वास्थ्यको लागि राम्रो मानिन्छ।
कैनबेरी– आधाकप कैनबेरीको रसमा २५ क्यालोरी पाइन्छ। उसले क्यान्सर बाट जोगाउनुको साथै रक्तचाप नियन्त्रण तथा इम्युनिटि पावर बढाउँछ।
स्ट्रोबेरी– रातो रंगको फलले आँखाको समस्याबाट बचाउँन सक्छ। मनसंग सम्बन्धित जुनसुकै रोगबाट बचाउन सक्छ र यो इम्युनिटि पावर बढाउँनको लागी सबभन्दा राम्रो फल हो।
अंजीर– अंजीरमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ,यसले तौल घटाउँनमा सहयोग गर्छ।
नासपाती– यी विभिन्न किसिमको नासपतिले गर्भवती महिलालाई, बिग्रिएको छालामा सुधार ल्याउन, तौल नियन्त्रण गर्न र हड्डी मजबुद गर्नका लागि उपयोगी मानिन्छ।
अंगुर– बिग्रिएको छालाको लागी यो धेरै प्रभावकारी हुन्छ। दाग कम गर्नका लागि र स्तन क्यान्सरबाट पनि बचाउन पनि सक्छ।
कागती– कागतीमा भिटामिन सी भरपुर मात्रामा पाइने हुदाँ यसको प्रयोग दैनिक गर्नुपर्दछ।
सीताफल– यसले एनीमियाबाट बचाउनुका साथै पाचन प्रणालीलाई बलियो बनाउँछ।
भुइकटहर– यसले चोट लागेको मानिसलाई औषधीको रुपमा काम गर्छ। त्यस्तै क्यान्सरबाट बचाउँछ। चीसोबाट हुने खोकीबाट छिटो मुक्त पार्छ।
अम्बा– अम्बाले तनावबाट टाढा राखी रगत संचालनमा सुधार ल्याउन मद्दत गर्छ।
खजुर– कपाल र सुन्दर छालाको लागि धेरै फाईदा गर्छ। यसले हड्डीलाई पनि बलियो बनाउँछ।
मेवा– मेवाले बलियो मांशपेशी बनाउँनमा राम्रो भुमिका खेल्छ, यसले छालामा हुने सुर्यको नकरात्मक किरणबाट पनि जोगाउँछ।
किवी– किवीले निन्द्राको असर हुने मानिसको समस्यालाई हल गर्छ। ब्लड प्रेशर नियन्त्रण गर्नुको साथै मनको रोगीलाई पनि लाभदायक हुन्छ।