एजेन्सी– विश्वमा बिहानको नास्ताका लागि स्वस्थबर्धक नास्ताको रुपमा अण्डालाई लिइन्छ। भने हामी पनि नास्ताका लागि सबैभन्दा पहिला अण्डाकै नाम लिने गछौँ। अण्डा स्वस्थबर्धकमात्रै नभइ स्वादिलो पनि हुन्छ। यसलाई फ्राइ, अमलेट, करीलगायत जस्तो सुकै तरिकाबाट विभिन्न परिकार बनाएर खान सकिन्छ। तर यति हुँदाहुँदै पनि हिजोआज प्रदुषण तथा मिसावटको प्रभाव हरेक चिजमा पर्न थालेको छ। र, यसमा अण्डा पनि अछुतो छैन।
तपाईंले अण्डाको रानी अर्थात पहेलो भागमा रातो दाग वा रगतको थोपा जस्तो देख्नु भएको होला। मानिसहरुले यस्तो देखेमा बिग्रिएको अण्डा भन्ने ठानेर फाल्दिने गर्छन्। तर जानी राखौँ अण्डामा यस किसिमको रगतको थोपा हुन्छ। रगत भन्ने बित्तिकै सबैलाई एक किसिमको त्रास हुन्छ। वास्तवमै यस्ता किसिमको अण्डा खानु हुन्छ त ?
अण्डामा रगत कसरी आउँछः
यदि तपाईंलाई अण्डा मन पर्छ भने यस्ता कुराले तपाईंको मनमा नकारात्मक सोच आउन सक्छ। तर वास्तविकता बुझ्ने हो भने अण्डामा रगतको थोप्ला हुन्छ नै। कुखुराको शरीरमा अण्डा विकास हुने प्रक्रियाको क्रममा प्राकृतिक रुपमा नै रगतको थोप्ला परेको हुन्छ। अण्डाको पहेलो भागमा देखिने रगतको थोप्ला प्राकृतिक रुपमा नै आउने भएकाले बिग्रिएको अण्डा भन्ने भ्रम त्याग्नुहोस्।
यस्ता अण्डा खान मिल्छः
धेरैजसो मानिस यस्ता अण्डालाई बिग्रिएको ठानेर फाल्दिने गर्छन्। युनाइटेड स्टेट्स डिपार्टमेन्छ अफ एग्रिकल्चर (युएसडीए) को एक रिपोर्टअनुसार यस्ता अण्डालाई राम्रोसँग पकाएर खाँदा हुनै असर गर्दैन। तर, राम्रोसँग नपकाउने हो भने साल्मोनेलोसिसको खतरा हुनेछ। जुन साल्मोनेला ब्याक्टेरियाका कारण हुन्छ। यसले पेटमा दुखाई, झाडापखला तथा रुघाँखोकी जस्ता विभिन्न स्वास्थ्यमा समस्या आउनेछ।
अण्डा बिग्रिएको यसरी थाहा पाउनेः

तपाईं अण्डा राम्रो छ वा छैन भन्ने थाहा पाउन चाहनु हुन्छ भने त्यसलाई फुटाउनुहोस्। यदि अण्डाको रंग हल्का हरियो वा गुलाबी देखियो भने त्यसलाई नखानुहोस्। त्यस्तो अण्डा बिग्रिएको हुन्छ। अण्डा राम्रो छ वा छैन भन्ने जाँच गर्नलाई एउटा भाडो वा बोलमा चिसो पानी राख्नुहोस्। त्यसमा अण्डा हाल्नुहोस्, यदि अण्डा पानीमा डुब्यो भने खानलाई उपयुक्त छ भन्ने जान्नुहोस्। पानीमा अण्डा तैरियो भने बिग्रिएको छ भन्ने जान्नुहोस्।