काठमाडौं– स्वास्थ सम्बन्धी लाभदायिक गोलभेडो स्वास्थको लागि निकै फाइदाजनक हुन्छ। यसले हाइपर टेन्सनका गम्भीर विमारी तथा मुटु सम्बन्धी समस्याहरुबाट पीडित व्यक्तिहरुले आफ्नो खानामा गोलभेडा समावेश गर्दा ती समस्याहरुको जोखिम कम गर्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन्।
गोलभेडाको सेवन गरेर कसरी ब्लड प्रेसरको समस्यालाई कम गर्न सकिन्छः
अमेरिकाको हार्ट जर्नलमा प्रकाशित एउटा अध्ययन अनुसार गोलभेडामा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ। जुन व्यक्ति गोलभेडाको नियमित सेवन गर्छन्। उनीहरुमा ब्लड प्रेसरको समस्या कम हुन्छ।
लाभकारी गोलभेडाः
टमाटरमा भिटामिन–इ प्रचुर मात्रामा पाइन्छ। त्यसबाहेक टमाटर पोटासियमको पनि महत्वपूर्ण स्रोत हो। गोलभेडाले शरीरमा फ्लूइड इलेक्ट्रोलाइट सन्तुलन बनाइराख्न सहयोग प्राप्त हुन्छ। यसका साथै ब्लड प्रेसर पनि नियन्त्रणमा रहन्छ।
गोलभेडामा लाइकोपिन र बिटा केरोटीन जस्ता केरोटिनइड हुन्छ। जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ। गोलभेडाको सहयोगले शरीरमा फ्रि रेडिकल्स निस्क्रिय भएर सजिलै फ्लस पनि हुन्छ। यसले केवल एथेरनेस्लेरोसिसको प्रगति बिस्तारै हुने मात्र होइन। अक्सिडेटिव स्ट्रेस पनि कम हुन्छ र ब्लड प्रेसरलाई नियन्त्रणमा राख्छ।
त्यसैले तपाईले टमाटरको धेरै सेवन गर्नुपर्छ। तपाईं गोलभेडालाई सलाद अथवा तरकारीमा मिसाएर पनि खान सक्नुहुन्छ। यसबाहेक तपाईं यसलाई गोलभेडा सूप अथा अचारको रुपमा पनि खान सक्नुहुनेछ।