काठमाडौं– जाडो मौसम प्रारम्भ भएसँगै हामीले केही स्वास्थ्य समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। त्यसमध्ये एक हो हाम्रो स्किन। शरीरको अंगहरुको तुलनामा हाम्रोे अनुहारको छाला धेरै कोमल तथा नाजुक हुन्छ।
हाम्रो सुन्दरताको अभिन्न अंग भनेको हाम्रो स्किन हो। तर हाम्रो लापरवाही अथवा मौषमको कारणले गर्दा स्किनमा धेरै समस्याहरु आउने गर्दछ। त्यसकारण हामीले स्किनको हेरचाहमा विषेश ध्यान दिनुपर्छ। र यसको लागि केही टिप्स हामी यहाँ प्रस्तुत गर्दैछौंः
छालाको हेरचाहको लागि फेसप्याक बनाउने तरिका र चाहिने सामाग्रीहरुः
रातो र कालो दाल २ चम्चा,
चमल वा चामलको पिठो १ चम्चा,
सेतो तिल १ चम्चा,
हडेबदाम ८–१० वटा,
अव यी इन्ग्रिडेन्सहरु लाई एउटा सफा भाँडोमा राखेर १ घन्टा भिजाउनुहोस् र यसलाई मिक्सचरमा राखेर पिस्नुहोस्।
अव तयार भएको लेयरमा फेरी १ चम्चा एलोभेरा जेल, भिटामिन ई को २ वटा क्पसोल र २ चम्चा दही मिसाउनुहोस् र ५ मिनेट सम्म मजाले मिक्स् गर्नुहोस्। अव चायाँपोतोको लागि एकदमै राम्रो स्मुथ क्रिम तयार भयाे।
यसलाई कसरी प्रयोग गर्ने त ?
सबैभन्दा पहिला तपाईको स्किनलाई सफा पानीले धुनुहोस् र तयार भएको स्मुथ क्रिमलाई ब्रस वा हातको सहायताले स्किनमा प्याक एप्लाई गर्नुहोस्। त्यसपछि ५ मिनेट हल्का हातले मसाज गर्नुहोस्। त्यसपछि सोही क्रिमलाई स्किनमा मजाले एप्लाई गरेर ५० मिनेट स्किनमा छोड्दिनुहोस्।
स्किनमा प्याक पुरै सुकिसकेपछि सफा पानीले स्किनको प्याक भिजाएर मजाले स्किन धुनुहोस्। यसरी यो प्याकलाईे दैनिक प्रयोग गर्नुहोस्, तपाईको स्किनमा भएको चायाँपोतो जरैबाट निर्मुल हुन्छ।