काठमाडौं– जाडो मोसम सँगै हरेक मानिसमा चिन्ता वढ्न थाल्दछ। किनकी जाडोमा मानिसहरुको फेस देखी लिएर छालामा अनेक किसीमको समस्याहरु देखापर्ने हुन्छ। त्यसैले आज हामी विउटीसंग रिलेटेट कुराहरु गर्नेर्छौ। तपाईको फेसमा नाईट क्रिमको जरुरत हुन्छ जाडो मौसममा त झन धेरै नाईट क्रिमको आवश्यक हुन्छ।
घरमा नाईट क्रिम कसरी बनाउने ?
चाहिने साम्रागी र तरीकाः
चन्दनको पाउडर एक चम्चा, गुलाव जल एक चम्चा, एक चम्चा एलोभेरा जेल, एक चम्चा बदामको तेल, धेरै ड्राई फेस छ भने भिटामिन ई को १० वटा क्याप्सोल मजाले मिक्स गर्नुहोस्।
अव यसलाई तपाईले स्टोर गरेर राख्न पनी सक्नुहुन्छ। १ महिना सम्म तयार गरीएको नाईट क्रिम सुत्नु भन्दा अगाडी फेसमा लगाएर ५ मिनेट मसाज गरेर यसलाई होलनाईट फेसमा छोडेर सुत्न सक्नुहुनेछ।
बिहान उठेर सफा पानीले मुख धुनुहोस्, यसरी तपाईले घरमै नाईट क्रिम बनाएर प्रयोग गर्न सक्नुहुनेछ। यो फेसको लागी एक दमै फाईदा जनक हुन्छ।
बिशेष गरी ड्राई स्किनको लागी यसरी बनाएको नाईट क्रिमले एक दमै राम्रो काम गर्दछ। घरमा प्रयोग हुने सामाग्रीले पनि हाम्रो छाला सुन्दर बनाउन सकिन्छ। एक महिना सम्म प्रयोग गर्नुहोस्। रिजल्ट आफै पाउँनुहुने छ।