काठमाडौँ, १६ माघ – पूर्व प्रधानन्यायाधीश एवं सामाजिक अभियन्ता सुशीला कार्कीले आमरण अनशनमा बसिरहेका प्रा.डा. गोविन्द केसीले उठाएका मुद्दा आम जनताका माग भएका कारण पूरा गर्नैपर्ने बताएकी छिन्।
अनसनरत डा. केसीका माग पूरा हुँदा कसैले पनि हार नहुने उनले प्रष्ट पारिन्।
केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउन बुधबार शिक्षण अस्पताल पुगेकी कार्कीले भनिन्, ‘प्रधानमन्त्री केपी ओलीले तपाईका माग पूरा भयो भनेर बचनवद्धता गुर्न भएको छ, र सम्झौता गर्नु भएको छ। माग पूरा हुन्छन्, यसमा कसैको हार हुँदैन, सबैको जीत हुन्छ।’
डा. केसीले उठाएका माग सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा सबै रहेकाले उनका माग पूरा हुने धारणा राख्दै पूर्व प्रधानन्यायाधीश कार्कीले राष्ट्र र प्रधानमन्त्रीको पनि विजय हुने गरी केसीको माग पूरा हुने बताइन्।
उनले भनिन्, ‘डा. केसी, तपाईले उठाएका माग पूरा हुन्छन्, निश्चिन्त रहनुहोस्।’