काठमाडौं– हाम्रो घरमा एउटा विशेष कोठा हुन्छ, जसलाई हामी स्टोर रुमको रुपमा चिन्छौं। हामी स्टोर कोठामा काम नलाग्ने सामानहरु राख्ने गर्दछौं। त्यसैले उक्त, कोठामा न त ध्यान जान्छ, न त कसैलाई उक्त कोठा सफा गर्न मन लाग्छ।
त्यसैले स्टोर रुपमको महत्व तथा आवश्यकतालाई हामीले उत्तिकै महत्व दिनु पर्छ। वास्तवमा स्टोर रुमलाई व्यवस्थित बनाएर राख्न धेरै मेनहत पनि गरिरहनु पर्दैन। स्टोरमा उपलब्ध भएको ठाउँलाई उचित तरिकाले प्रयोग गर्न सकियो भने यो कोठा आफैं व्यवस्थित बन्छ।
व्यवस्थित ठाउँ तोक्नु पर्छः
स्टोर रुममा कुन सामान कहाँ राख्ने भन्ने कुराको निर्णय पहिला नै लिनु पर्छ। दैनिक जीवनमा प्रयोगमा नआउने तर भविष्यमा प्रयोगमा आउन सक्ने अधिकांश सामानहरुलाई स्टोरमा व्यवस्थित गरेर राख्न सकिन्छ। धेरै सामान एकै ठाउँमा थुपारियो भने स्टोर रुमको स्वरुप नै बिग्रन सक्छ। त्यसैले ती सबै सामानहरुलाई मिलाएर राख्नु पर्छ।
स्टोरमा हावाः
स्टोर बनाउँदा प्रकाश छिर्न सक्ने तथा भेन्टिलेसन सहितको बनाउनु पर्छ। यदि प्रकाश पनि नछिर्ने तथा भेन्टिलेसन पनि भएन भने स्टोर रुम गन्हाउन थाल्छ। यदि घरमा घामको किरण छिर्न पाउँदैन भने अझ होसियार हुनुपर्छ। स्टोर कोठामा मुसा आउन नदिन पनि विशेष सावधानी अपनाउनु पर्छ। यदि स्टोरमा कुनै सामग्री झुन्ड्याउनु पर्नेछ भने राम्रा हुकहरु प्रयोग गर्न सकिन्छ। यदि तपाईंको घर अथवा फ्ल्याट सानो छ भने पनि चिन्ता लिनु पर्दैन। यदि तपाईंको कोठाको आकार सानो छ भने बक्स पलङ प्रयोग गर्न सक्नु हुनेछ।
ध्यान दिनु पर्ने कुराहरुः
– स्टोर रुमलाई नियमित सरसफाइमा गर्नु पर्छ, स्टोर रुमको ढोका ठूलो हुनुपर्छ, जसका कारण ठूला सामग्री सजिलै भित्र–बाहिर गराउन सकियोस्, स्टोर रुमको भुईँ सधैं सफा भैरहनु पर्छ, स्टोर रुमको भुईँमा मर्मत गरिरहनु नपर्ने सामग्री राख्नु राम्रो हुन्छ।
– स्टोरमा बढीभन्दा सेल्फ हुनुपर्छ। जसका कारण सर-सामान व्यवस्थित रूपमा राख्न सकियोस्। स्टोर रुममा आलमारी पनि राख्न सकिन्छ, प्रायः प्रयोगमा आउने सामानलाई सेल्फको मुनितिर राख्नुपर्छ। बाँकीलाई माथिल्लो सेल्फमा राख्नु उपयुक्त हुन्छ।