काठमाडौं– अदुवा सेवन गर्नु अति नै फाइदाजनक हुन्छ। यसले शरीरलाई तातो बनाउनुको साथै रुघा–खोकी, ज्वरो, घाँटी खस्खसाउने जस्ता समस्याहरुबाट मुक्ति प्रदान गर्छ।
अदुवाको सेवन गर्दा, कहिलेकाहीँ कुनै व्यक्तिको लागि ज्यान पनि जान सक्छ। अदुवाको सेवन सबै मानिसकोे लागि फाइदाजनक हुँदैन। त्यस्ता धेरै व्यक्तिहरु छन्। जसलाई अदुवाको सेवन शरीरका लागि खतरनाक प्रमाणित पनि हुन सक्छ।
औषधि खानेहरुको लागिः
अदुवाको सेवन हरेक दिन औषधि लिने व्यक्तिहरुका लागि खतरनाक हुन सक्छ। यदि कुनै व्यक्तिले दिनहुँ औषधि प्रयोग गरेको छ भने अदुवाको सेवन गर्नुहुँदैन। किनभने ती औषधिमा समावेश ड्रग्सहरु जस्तै बेटा–ब्लोकर्स, एन्टिकोगुलेन्ट र इन्सुलिन अदुवासँग मिलेपछि खतरनाक मिश्रण बन्छ।
अदुवाको सेवन गर्भधारणमा खतरनाक बन्न सक्छः
गर्भधारण भएको समयमा अदुवाको सेवन गर्नुहुँदैन। सुरुवाती महिनामा अदुवाको सेवन राम्रो भए पनि पछि यसको सेवनले नोक्सान र्पुयाउन सक्छ।
पित्तमा पत्थरी भएमाः
पित्तकमा पत्थरी भएको व्यक्तिलाई अदुवाको सेवन खतरनाक हुनसक्छ। वास्तवमा अदुवाको सेवनले शरीरमा भाइल जुस अत्याधिक मात्रामा बनाउन सुरु हुन्छ। पित्तको पत्थरी हुँदा त्यो जुस बढी मात्रामा निर्माण हुनु खतरनाक हुनसक्छ। त्यसैले यस्तो स्थितिमा अदुवाको सेवन गर्नुहुँदैन।
अपरेशन गर्दा वा गरिएको व्यक्तिका लागिः
तपाइ कुनै अपरेसन गर्दै हुनुहुन्छ भने तपाइले दुई हप्ताअघिदेखि नै अदुवाको सेवन गर्नुहुँदैन। किनभने अदुवाको सेवन गर्नाले रगत पातलो हुन्छ। जुन सामान्य स्थितिमा शरीरको लागि ठिक होइन। सर्जरीको समयमा अदुवाको सेवन गर्नाले तपाईंको शरीरबाट बढी मात्रामा रगत बग्न सक्छ।
पातलो मानिसका लागिः
यदि तपाईं दुब्लो–पातलो हुनुहुन्छ भने अदुवाको सेवन तपाइका लागि हानिकारक हुन्छ। किनभने अदुवामा फाइबर हुन्छ र यसले शरीरको पीएच लेवललाई बढाउँछ। जसले गर्दा खाना पचाउने एन्जाइम्स एक्टिवेट हुन्छ। यसले चिल्लो पदार्थलाई तीब्र गतिमा उत्पन्न गराउँछ र भोक कम लाग्छ, जसका कारण वजन कम हुन थाल्छ।
रगत सम्बन्धी समस्या हुनेका लागिः
जुन व्यक्तिमा रगत विकारको समस्या हुन्छ। ती व्यक्तिहरुले अदुवाको सेवन गर्नुहुँदैन। किनभने अदुवाको सेवनले रगत पातलो हुन्छ। यहि कारणले गर्दा केही व्यक्तिहरुलाई हल्का घाउ हुँदा पनि रगत धेरै बग्छ।