काठमाडौं — चर्चित कलाकार अर्जुन घिमिरे ’पाँडे’ र कुमार कट्टेल ’जिग्री’ बिरुद्ध प्रहरीमा उजुरी परेको छ। हास्य टेलिश्रृंखला ‘सक्किगोनी’को क्यारेक्टर कपिराइटको बिषयलाई लिएर मिडिया हबले उजुर गरेको हो।
मिडिया हबले उत्पादन गरेका टेलिश्रृंखला ‘भद्रगोल’ को क्यारेक्टर अर्को श्रृंखलामा आउँन थालेका कारण भद्रगोलको भविष्य जोगाउँन उजुरी गरेको बताइएको छ।
मिडिया हबसँग कुरा नमिलेपछि सोहि टिमले अहिले सक्किगोनी प्रशारणमा ल्याएको छ। जिग्री, पाँडे, बले, कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबले उत्पादन गरेको हो।
यसै विषयमा छलफलका लागि ’सक्किगोनी’को समुहलाई महानगरीय प्रहरी परिसर टेकुमा बोलाएको छ। जिग्री–पाँडे समूहले यसअघि भद्रगोल टेलिश्रृंखलामा अभिनय गर्दै आएका थिए।