काठमाडौं ।शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३३ रुपैयाँले बढेर २ लाख ४६ हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ। बिहीबार ३ हजार ७५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।