काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार सुनको भाउ प्रतितोला १ हजार ४०० रुपैयाँले उकालो लागेको हो ।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार यसको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ निर्धारण गरिएको छ ।सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँ पुगेको छ । बुधबार भने चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा किनबेच भएको थियो ।महासंघले आजका लागि १० ग्राम चाँदीको मूल्य २ हजार ६३६ रुपैयाँ कायम गरेको छ ।