काठमाडौं ।नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, पर्यटन तथा हवाई सम्पर्क विस्तारका लागि निजी क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ।
बङ्गलादेशको चट्टोग्राममा आयोजित नेपाल–बङ्गलादेश आर्थिक सहकार्यसम्बन्धी कार्यक्रममा दुवै देशका व्यवसायीबीच साझेदारी बढाएर आर्थिक सम्बन्धलाई थप विस्तार गर्नुपर्ने धारणा राखिएको हो।कार्यक्रममा ढाकास्थित नेपाली दूतावासका उपप्रमुख प्रतीक कार्कीले व्यापार, ऊर्जा, हवाई सेवा, पर्यटन र जनस्तरको सम्बन्धलाई आर्थिक सहकार्यका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै चट्टोग्रामका व्यवसायीलाई नेपाली निजी क्षेत्रसँग सहकार्य गर्न आग्रह गरे।त्यस्तै, दूतावासका प्रथम सचिव योजना बम्जनले दुई देशबीच आर्थिक साझेदारीका सम्भावित क्षेत्र र व्यवसायीबीच सहकार्य विस्तारका अवसरबारे जानकारी गराए।