काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो।महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ थियो।यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ५१५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँमा झरेको छ।महासंघका अनुसार मंगलबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७३४ रुपैयाँ कायम भएको छ।सुनचाँदीको मूल्यमा आएको परिवर्तनसँगै गरगहना खरिद गर्ने उपभोक्ताले बजारमा सार्वजनिक हुने दैनिक मूल्यसूचीलाई ध्यान दिनुपर्ने देखिन्छ।