काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो।मूल्य बढेसँगै शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ थियो। बिहीबार पनि सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो।साताको कारोबारलाई हेर्दा सुनको मूल्यमा उतारचढाव देखिएको छ। बुधबार प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार भने २ लाख ९१ हजार ५०० रुपैयाँमा स्थिर थियो। साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ४०० रुपैयाँले घटेर २ लाख ९१ हजार ५०० रुपैयाँमा झरेको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य बढेर प्रतितोला ४ हजार ४०५ रुपैयाँ कायम भएको हो। बिहीबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।यसअघि बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको थियो भने मंगलबार १५ रुपैयाँले घटेको थियो। सोमबार ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४३० रुपैयाँ पुगेको चाँदीको मूल्य आइतबार ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा झरेको थियो।सुनचाँदीको मूल्यमा आएको पछिल्लो परिवर्तनसँगै शुक्रबार दुवै धातुको कारोबार मूल्य बढेको छ।