काठमाडौं ।नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज तय गरिएको मतदान स्थगित भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान हुन सकेन।बिहान १० बजेका लागि तोकिएको मतदान समय पटक–पटक परिवर्तन गरिएको थियो। सुरुमा निर्धारित समयबाट पछि सार्दै दिउँसो साढे २ बजेसम्म पुर्याइए पनि सो समयमा समेत मतदान प्रक्रिया सुरु हुन सकेन।निर्वाचन समितिले बिहीबार मतदानका लागि थप समय तोकेन। आवश्यक तयारी पूरा नभएपछि मतदानको कार्यक्रम शुक्रबारका लागि सारिएको हो।निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूले मतदान गर्नेछन्।