काठमाडौं । अभिनेत्री रेखा थापाको रहस्यमय फेसबुक पोस्टपछि अभिनेत्री पूजा शर्माको प्रतिक्रियाले नेपाली फिल्म क्षेत्रमा नयाँ कौतुहलता थपिएको छ।
रेखाले बुधबार सामाजिक सञ्जालमा “ए आमा... बहुलाउँछु कि क्या हो? बाँकी आज बेलुका ५ बजे।” भन्दै स्टाटस लेखेकी थिइन्। उनले पोस्टमार्फत साँझ ५ बजे केही सार्वजनिक गर्ने संकेत गरे पनि त्यसको विषय भने खुलाएकी छैनन्।रेखाको उक्त पोस्टपछि पूजा शर्माले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छन्। उनले रेखाकै अभिव्यक्तिलाई उद्धृत गर्दै “‘बहुलाउँछु कि क्या हो?’ रे... तिमी बहुलाऊ कि जे सुकै गर। ल, म पनि हेरौँला... आज बेलुका ५ बजे के हुँदो रहेछ।” भनेर लेखेकी छन्।
दुवै अभिनेत्रीका पोस्टमा एउटै समय अर्थात् साँझ ५ बजेको उल्लेख भएपछि फिल्म क्षेत्रमा चासो बढेको छ। पूजाको प्रतिक्रिया रेखाको पोस्टसँग सम्बन्धित हो वा संयोग मात्रै हो भन्नेबारे भने दुवैले स्पष्ट पारेका छैनन्।रेखा र पूजाका पछिल्ला सामाजिक सञ्जाल अभिव्यक्तिले समेत उनीहरूबीचको सम्बन्धबारे बेला–बेला चर्चा हुने गरेको छ। त्यसैले यसपटक पूजाले रेखाकै शब्द प्रयोग गर्दै दिएको जवाफले सामाजिक सञ्जालमा थप जिज्ञासा जन्माएको छ।अब रेखाले साँझ ५ बजे के सार्वजनिक गर्छिन् र पूजाको पोस्ट त्यसैसँग सम्बन्धित हो वा होइन भन्ने कुरा भने समयपछि मात्रै स्पष्ट हुनेछ। दुवै अभिनेत्रीका पोस्टपछि अहिले दर्शक तथा फिल्म क्षेत्रको ध्यान साँझ ५ बजेतर्फ केन्द्रित भएको छ।