काठमाडौं । नायिका रेखा थापाको एउटा छोटो फेसबुक पोस्टले अहिले सामाजिक सञ्जालमा कौतुहलता बढाएको छ।
रेखाले बुधबार बिहान फेसबुकमा लेखिन्, “ए आमा... बहुलाउँछु कि क्या हो? बाँकी आज बेलुकी ५ बजे।”यति लेखेर रेखाले के भन्न खोजेकी हुन्? आखिर त्यस्तो के हुँदैछ, जसले उनलाई ‘बहुलाउँछु कि क्या हो’ भन्नुपर्ने अवस्था आयो? रेखाले पोस्टमा थप केही खुलाएकी छैनन्। बरु, सबै कुरा बेलुकी ५ बजे सार्वजनिक गर्ने भन्दै सस्पेन्स झन् बढाइदिएकी छन्। त्यसपछि उनका फ्यानदेखि फिल्म क्षेत्रसम्म अहिले एउटै प्रश्न छ—रेखा किन बहुलाउन लागिन्?
नयाँ फिल्मको घोषणा हो? कुनै विशेष प्रोजेक्टको खबर हो? कि उनले आफ्नै जीवनसँग जोडिएको कुनै ठूलो कुरा सार्वजनिक गर्दैछिन्? रेखाको यो पोस्ट हेर्दा कुरा सामान्य भने पक्कै लाग्दैन। अब के हो त त्यो ‘सरप्राइज’? त्यसका लागि आज बेलुकी ५ बजेसम्म कुर्नैपर्ने भएको छ।