काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले विगतका कमजोरी र गल्तीबाट पाठ सिक्दै नयाँ पुस्ताले देश निर्माणमा योगदान गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले पुराना गल्ती सच्याएर नयाँ सोच र रूपान्तरणसहित अघि बढ्नुपर्ने बताएका छन्।राजनीतिक दलहरूबीच कुन पार्टीले कति समय सत्ता सञ्चालन गर्ने भन्ने विषयमा प्रतिस्पर्धा गर्नुभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने विषयमा प्रतिस्पर्धा हुनुपर्ने उनले बताएका छन्।राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत आकांक्षा त्यागेर राष्ट्र निर्माणमा योगदान गरेको उल्लेख गर्दै उनले त्यसबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताएका छन्।पुराना कमजोरी सच्याउँदै नयाँ पुस्ता रूपान्तरणसहित अघि बढेर देश निर्माणमा योगदान गर्नुपर्नेमा उनले जोड दिएका छन्।