काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले सस्तिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ९० रुपैयाँ कायम भएको छ ।यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । सोही दिन चाँदीको मूल्य प्रतितोला चार हजार चार सय ५० रुपैयाँ रहेको थियो ।यसअनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुन दुई हजार नौ सय रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको हो ।