काठमाडौं ।भाषा आयोगले आर्थिक वर्ष २०८२र८३ मा गरेका काम तथा हासिल गरेका उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ।
शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले राष्ट्रपति पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।प्रतिवेदन बुझाउने क्रममा न्यौपानेले पछिल्लो आर्थिक वर्षमा भाषा संरक्षण, प्रवर्द्धन तथा विकासका क्षेत्रमा आयोगले अघि बढाएका कार्यक्रम र गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराए। उनले भाषासम्बन्धी नीति निर्माण तथा कार्यान्वयनका क्रममा भएका प्रगतिको विवरणसमेत प्रस्तुत गरेका थिए।
संवैधानिक व्यवस्थाअनुसार भाषा आयोगले प्रत्येक आर्थिक वर्षमा आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार आयोगले आर्थिक वर्ष २०८२र८३ को प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको हो।