काठमाडौं ।सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शुक्रबार काठमाडौंस्थित शीतल निवास पुगेर सभामुख अर्यालले राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।भेटका क्रममा समसामयिक विषय तथा संसद्सँग सम्बन्धित विषयमा कुराकानी भएको जनाइएको छ।