काठमाडौं ।निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ।
आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन्।राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २९४ मा भएको व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो।प्रतिवेदन पेस गर्ने क्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनसम्बन्धी गतिविधि तथा आयोगका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका हुन्।