काठमाडौं ।नेपालका लागि नियुक्त पाँच देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
बुधबार राष्ट्रपति कार्यालयमा आयोजना गरिएका छुट्टाछुट्टै समारोहमा थाइल्यान्ड, ब्राजिल, पाकिस्तान, फ्रान्स र दक्षिण कोरियाका नवनियुक्त राजदूतहरूले प्रमाणपत्र पेस गरेका हुन्।राष्ट्रपति कार्यालयका अनुसार समारोहमा नेपाल सरकारका विभिन्न उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।नवनियुक्त राजदूतहरूलाई सम्बन्धित दूतावास रहेको लाजिम्पाट क्षेत्रबाट राष्ट्रपति कार्यालयसम्म राष्ट्रिय झण्डासहित सजाइएको बग्गीमा ल्याइएको थियो।प्रमाणपत्र पेस गरेसँगै उनीहरूले नेपालमा आफ्नो कूटनीतिक जिम्मेवारी औपचारिक रूपमा अघि बढाएका छन्।