काठमाडौं ।कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको विषय प्रतिनिधि सभा बैठकमा उठाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद ज्ञानेन्द्रसिंह महताले पुलको एउटा स्पानसँगै बीच भागको टावरसमेत भत्किएपछि आवतजावत रोकिएको विषय संसदमा जानकारी गराएका हुन्।उनले पुलमा क्षति पुग्नुको प्राविधिक कारण तत्काल पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, क्षतिग्रस्त संरचनाको वर्तमान अवस्था अध्ययन गरी आवश्यक कदम चाल्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।महाकालीमाथिको उक्त पुल दोधारा–चाँदनी र भीमदत्त क्षेत्रका स्थानीयका लागि महत्वपूर्ण आवागमन मार्गका रूपमा प्रयोग हुँदै आएको छ।