काठमाडौँ ।कञ्चनपुरको दोधारा–चाँदनीलाई जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल चुँडिएको छ।
लामो समयदेखि स्थानीयको आवतजावतको महत्वपूर्ण माध्यमका रूपमा रहेको पुलमा क्षति पुगेपछि यस क्षेत्रमा आवागमन प्रभावित भएको छ।महाकाली नदीमाथि बनेको यो झोलुङ्गे पुल दोधारा–चाँदनी क्षेत्रको प्रमुख सम्पर्क मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। पुल चुँडिएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।