काठमाडौं।श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ कहिले दिने भन्ने विषयमा सरकारसँग जवाफ मागेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले संसद्मा उठेका प्रश्न र सरकारको जवाफदेहितालाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराए।उनले सभामुखमार्फत सरकारलाई प्रश्न गर्दै सरकार र सरकार प्रमुखले पूरा गर्नुपर्ने जिम्मेवारी अझै पूरा नभएको बताए।सांसद राईका अनुसार गत १० गतेदेखि उठाइएको जिम्मेवारीसम्बन्धी विषय अहिलेसम्म सम्बोधन नभएकाले यसबारे सरकारले स्पष्ट जवाफ दिन आवश्यक छ।